काठमाडौं। पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताए । नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको उनको भनाइ छ ।