काठमाडौं । प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । ४.८५ अंकले बढ्दै नेप्से २७२१.५२ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा ७८ कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
फाइनान्स, हाइड्रो र माइक्रो फाइनान्स समूहका कम्पनीको सेयर किनबेच भएको यो सेसनमा ८५ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भयो । जुन १३ हजार ८७७ कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।
यसअघि मंगलबार नेप्से ३३.४१ अंकले बढ्दै २७१६.६६ को बिन्दुमा उक्लिएको थियो । सूचक बढ्दै गर्दा कारोबार रकम पनि बढेको थियो । मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको थियो ।
धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउँदै गर्दा लगानीकर्ता उत्साहित देखिएका थिए । जसको प्रभाव मंगलबार नेप्से बढेको थियो ।
जसको निरन्तरता आजको कारोबारमा पनि हुने अपेक्षा गर्न सकिन्छ । प्रिओपन सेसनले पनि जसको संकेत गरेको छ ।