काठमाडौं । डा.गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सीमा नाघेको बताएका छन् । उनले अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको बताएका हुन् ।
त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विना शर्त कार्यान्वयन गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गर्न पनि केसीले माग गरेका छन् ।