भारतबाट नेपाल प्रवेश गर्ने दुई चिनियाँ नागरिक पक्राउ-Sutra News

भारतबाट नेपाल प्रवेश गर्ने दुई चिनियाँ नागरिक पक्राउ

बुधबार, १२ मंसिर २०८१

बुधबार, १२ मंसिर २०८१

काठमाडौं। गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।



शुद्धोधन गाउँपालिका वडा न. ५ घेराउजोतस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतबाट अवैध ढंगबाट नेपाल प्रवेश गर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका २ चिनियाँ नागरिकसँगै रहेका पथ प्रदर्शक भारत सिद्धार्थ नगर जिल्ला कक्रहवा बस्ने २३ वर्षीय भारतीय नागरिक अरबाज शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका २ चिनियाँ नागरिक र पथ प्रदर्शक ३ जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन कार्यालय रुपन्देही बेलहिया पठाएको थियो। जसमध्ये पथ प्रदर्शक भारतीय नागरिक अरवाज शेषलाई अध्यागमन कार्यालय बेलहियाले आवश्यक सोधपुछ गरी पुनः थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा फिर्ता पठाएको छ।

पक्राउ परेका चिनियाँ नागरिक लीगुआनगुई को साथमा चिनियाँ पासपोर्ट रहेको तर अर्का चिनियाँ नागरिक ताओको साथमा भने चिनियाँ पासपोर्ट नरहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २ थान ल्यापटप, विभिन्न कम्पनीका ६ थान मोबाइल र नगद भारतीय रुपैयाँ १४ हजार ७ सय ५० फेला परेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट