काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईको मुद्धामा आज पनि सर्वोच्च अदालतमा बहस हुने भएको । साथै आजै उनको बयान पनि हुने छ। मंगरबार उनको बहस नभइ अदालतले फिर्ता पठाएको थियो ।
प्रसाईं किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका हुन् । प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।
उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।