काठमाडौं । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनीबाट ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
बाकीं विवरण आउन बाकी रहेको कार्यालयले जनाएको छ ।