काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार बिहान परियारले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर परियारले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
यसअघि प्रधानमन्त्रीले रास्वपाका नेताहरुलाई भेट्न समय दिएका थिएनन् । पार्टी सभापति रवि लामिछानेको रिहाईको माग गर्दै नेताहरुले पटक–पटक छलफलको प्रस्ताव राख्दा प्रधानमन्त्री ओलीले समय दिएका थिएनन् ।
भेटमा के विषयमा छलफल भयो भन्नेबारे बाहिर खुलाइएको छैन । ओलीसँगको भटेपछि परियारसँग सम्पर्क हुन सकेन । बताइएअनुसार लामिछानेको रिहाईको पहलका लागि परियारले आग्रह गरेका छन् ।
सहकारी अपचलनको घटनामा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणलगायतका मुद्दामा छानबिन भइरहेको छ ।