काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । बुधबार ३९.७० अंकले बढ्दै नेप्से २७५६.३६ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.४६ प्रतिशतले बढ्यो ।
उच्च अंकले परिसूचक बढ्दै गर्दा आज फाइनान्सबाहेक सबैजसो समूहको सूचक बढ्यो । फाइनान्स ०.४७ प्रतिशतले घट्दा व्यापारको सूचक सबैभन्दा बढी ९.२ प्रतिशतले बढ्यो ।
यस्तै, विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३२, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.४६, लगानी ०.७१, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशतले बढ्याे ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २०० को मूल्य बढ्यो भने ३८ को मूल्य घट्यो । ६ कम्पनीको भने मूल्य स्थिर बन्यो ।
नौ कम्पनीको मूल्य सकारात्मक सर्किटल लेबलमा बृद्धि हुँदा मिथिला लघुवित्तको मूल्यमा भने नरकारात्मक सर्किट लाग्यो । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र सुपर मादी हाइड्रोपावर सर्किट लेबलमा बृद्धि भएको थियो ।
सूचक बढ्दै गर्दा आज कारोबार रकम पनि बढ्यो । १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको भयो । जुन ६ कारोबार दिनयताकै उच्च हो ।
आज कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर क्रमशः अग्रस्थानमा रहे । आज जानकी फाइनान्सको मात्रै ३४ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले नेतृत्व पाउँदै गर्दा लगानीकर्ता उत्साहित देखिएको छन् । जसको प्रभाव नेप्सेमा निरन्तर बृद्धि देखिएको छ ।
मौद्रिक नीतिको समीक्षाको तयारीका बिच देखिएको यो बृद्धिले थप गति लिने सम्भावना छ । कारोबार रकमका उच्च बृद्धि हुनुले पनि बजारले पुरानै स्वरुप लिन खोजेको देखिन्छ ।