सुनको मूल्यमा फेरि गिरावट-Sutra News

सुनको मूल्यमा फेरि गिरावट

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

काठमाडौं। स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।



यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट