काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । ०.७६ अंकले बढ्दै नेप्से २७५७.१३ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा ७० कम्पनीको सेयर किनबेच भयो । जसमा ४० कम्पनीको मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
१९ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ८ लाख ९४ हजार रुपैयाँको भयो । जुन केही दिनको प्रिसेसनमा भएको कारोबारको तुलनामा उच्च हो ।
यो सेसनमा किनबेचका हिसाबले बैंक, विकास बैंक र जलविद्युत क्षेत्र हाबी भए ।
यसअघि बुधबार नेप्से ३९.७० अंकले बढ्द २७५६.३६ को बिन्दुमा उक्लिएको थियो । सँगै कारोबार रकम पनि ९ अर्ब ३१ करोडमाथिको भएको थियो ।
प्रिओपन सेसनको कारोबारले साताको अन्तिम कारोबार पनि बृद्धिलाई निरन्तरता दिने संकेत गरेको छ ।