दाग : दैनीकिको जोहो गर्न अनेकौं मेहेनत गर्न पछि नपर्ने एक पुरुषको संघर्षको कथा हो । जसले डेलिभरीको काम गरेर विहान बेलुका हातमुख जोड्ने काम गर्छ । तर समय बित्दै जादा उसको जीवनमा एक्कासी आइपर्ने घटनाले उसलाई चक्नाचुर मात्रै गर्दैन विस्तारै भ्वाइलेन्स हुन पुग्छ । उहि सोझो डेलिभरी गर्ने पुरुषको दैनीकीमा आएको परिवर्तन जसले समाजमात्रै होईन देशनै चकीत पार्छ । हो, यो कथा हो एउटा डेलिभरी ब्वाइको ।
देशमा भविष्य छैन भन्दै युवाहरु दैनिक विदेशीरहेको संदर्भम स्देशमै संघर्ष गरिरहेको एक युवाको कथा हो दाग । जसले डेलिभरीको काम गर्दै गर्दा कतै आफ्नो आत्मसम्मान गुमाउँछ त कतै हेपिन्छ। तर त्यसैबिचमा एक युवतीसंगको प्रेममा पर्न पुग्छ । संघर्षको मैदानमा होमिएको युवाले आफ्नो जीवन र प्रेमलाई कसरी कसरी चलाउँछ भन्ने भाव बोकेको कथा एक पटक सबैले हेर्न आवश्यक छ ।
दाग (एउटा डेलिभरी ब्वाइको कथा) जेनिश इन्टरटेन्टमेन्ट युट्युव च्यानल मार्फत रिलिज गरिएको छ । हेमा फिल्म्सको प्रस्तुती रहेको शर्ट मुभीमा नेपालमा घटी रहेको समसामयिक विषयसंग जोडेर देखाउन खोजिएको छ ।
रवि डंगोल (बेइमान), सुनिता श्रेष्ठ , योगिता दहाल, प्रवेश श्रेष्ठ , जनक रावल, सुस्मा के सि, सुरेश देसार लगायत कलाकारको अभिनय रहेको यो शर्ट मुभीको सिनेम्याटोग्राफरमा र इडिटर मिथलेश श्रेष्ठ छन् भने, प्रोडक्सन कन्ट्रोलर हीरामणी ढकाल रहेका छन् । सुरेश बज्राचार्य र अन्श आभासले लगानी गरेको यो कथामा पटकथा र निर्देशन सुरज लामिछानेको रहेको छ ।