आचारसंहिता विपरित प्रचारप्रसार गरेको भन्दै एमाले नेता सवार सरकारी गाडीलाई स्थानीयले लिए नियन्त्रणमा-Sutra News

आचारसंहिता विपरित प्रचारप्रसार गरेको भन्दै एमाले नेता सवार सरकारी गाडीलाई स्थानीयले लिए नियन्त्रणमा

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।



बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् । उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए ।

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।

आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट