उपनिर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको ध्यानाकर्षण-Sutra News

उपनिर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।



आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।

आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट