काठमाडौं । नेपाल नर्सिङ संघको चुनावमा एमाले–माओवादी तथा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मंसिर २८ गते हुने नर्सिङ संघको निर्वाचनमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका हुन् ।
एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।