राहदानी विभागद्वारा ६४ लाख थान राहदानी छपाइको टेन्डर आह्वान-Sutra News

राहदानी विभागद्वारा ६४ लाख थान राहदानी छपाइको टेन्डर आह्वान

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि विभागले बिहीबार बोलपत्र आह्वान गरेको हो । विभागले २ वटा प्याकेजमा आवेदन मागेको छ ।



विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ । दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् ।

विभागमाथि अहिले चालु ठेक्का भेरिएसन गरेर संलग्न कम्पनीलाई थप काम दिन चरम दबाब थियो । २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट