त्रिविका विद्यार्थीलाई एनपीएलका खेल हेर्न ५० प्रतिशत छुट-Sutra News

त्रिविका विद्यार्थीलाई एनपीएलका खेल हेर्न ५० प्रतिशत छुट

शनिबार, १५ मंसिर २०८१

शनिबार, १५ मंसिर २०८१

काठमाडौं। आज शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेलहरु हेर्न टिकटमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् ।



नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले विज्ञप्ति जारी गर्दै त्रिविमा अध्ययनरत विद्यार्थीले टिकटको शुल्कमा ५० प्रतिशत छुट पाउने जनाएको हो ।

प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सबै विद्यार्थीका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको विज्ञप्तिमा जनाइएको छ ।

क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको ३०० तथा भीआईपी टिकटको ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ ।

८ टोली सम्मिलित एनपीएल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट