आज विं.सं. २०८१ साल मंसिर १६ गते आइतबार । तदनुसार सन् २०२४ डिसेम्बर महिनाको १ तारिख । औँसी तिथि । अब सुरु गरौँ राशिफलः
मेष
रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । आजको दिन आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफाको योग छ । धार्मिक तथा सामाजिक कामको संलग्नताले मन प्रसन्न रहला । सन्तान पक्षबाट सुख बढ्नेछ । प्रेमभाव बढ्नेछ ।
बृष
आजको दिन खासै अनुकुल महसूस नहोला । कामको बोझले थाकेको महसुस हुनेछ भने घर–गृहस्थीमा समस्या आउन सक्छ । छिमेकमा झैझगडा हुनसक्छ, सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । साथीभाइ र नातेदारको सल्लाह–सहयोग महत्वपूर्ण सावित हुनसक्छ । धन खर्चको योग छ । कुनै महत्वपूर्ण कामको योजनामा हुनुहुन्छ भने हालको लागि स्थगित गर्नु उचित हुनेछ ।
मिथुन
मिश्रित फलदायी दिन छ । मनमा दुविधा रहन सक्छ तर साहस वृद्धि होला । सामाजिक काममा नाम रहनेछ भने जागिरमा चाहिँ होसियार रहनु हितकर होला । स्वास्थ्यको दृष्टिले पनि यो राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर खर्च पनि बढ्ने योग छ । कसैसँग सानातिनो मनमुटाव हुन सक्छ । प्रशंसकहरूले आलोचना गर्न सक्छन् । संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट
दिन शुभदायी छ । चिताएको काम बन्नाले मन रमाउने छ भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । सन्तान पक्षबाट सन्तोष प्राप्त होला । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै हुनेछ । धनलाभको योग छ । प्रेम प्रसङ्ग सुखद रहला । विगतका कर्मको उचित प्रतिफल पाइने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद एवम् भ्रमणमा रुचि बढ्नेछ ।
सिंह
नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बोलीको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नाले जाँगर बढ्नेछ । प्रयत्न गर्दा रोकिएको भन प्राप्त हुन सक्ने योग छ । मिष्ठान्न भोजन मिल्नेछ । मित्रजनको साथ सहयोग रहला । पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कन्या
आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अनावश्यक ठाउँमा पैसा खर्च हुने सम्भावना रहेकोले खर्च गर्दा विशेष सावधनी अपनाउनु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । व्यवसायिक क्षेत्र सफल रहे पनि आम्दानीमा कमी आउने योग छ । अध्ययन तथा अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला
आजको दिन कार्यगति बढ्नेछ । काममा सहयोगीहरूले राम्रै साथ दिनेछन् । धनजनमा वृद्धि भइ सुख–सन्तोषको माहोल बन्ने देखिन्छ । कसैबाट साथ(समर्थन पाइएला । पढाइलेखाइमा भने खासै मन नजाने योग छ । निजी काम बन्नेछ भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यबल बढ्नेछ ।
बृश्चिक
आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनलाभको योग छ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । कतैबाट अचानक उपहार मिल्ने सम्भावना छ । आरोग्यता रहनेछ ।
धनु
काममा मन दिन सके सफल भइने दिन छ । ठुला व्यक्तिले तपाईंको बुद्धि–विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबर जस्तै हुने देखिन्छ । आयआर्जन भएपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । यात्राको सम्भावना छ । पढाइलेखाइमा सफलता मिल्नेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर
कर्मबल बढे पनि आजको दिन अलिक संघर्षमय रहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । बौद्धिक कार्यबाट धनलाभ भए पनि रुपैयापैसा फस्ने सम्भावना छ । स्वास्थ्य कमजोर रहला, खानपानमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । कमाइभन्दा खर्च नै बढी हुने योग छ । अकारण अशान्ति र छटपटी हुनसक्छ, धैर्य राख्नुहोला । यात्रा सफल रहनेछ ।
कुम्भ
टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्ने योग भएकाले विशेष सावधानीका साथ कर्म गर्नु हितकर हुनेछ । अशुभ समाचारले मन खिन्न पार्ने देखिन्छ । कामको गति ठप्प नभए पनि सोचेअनुसारको प्रगति नहोला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने समय छ ।
मीन
दौडधुप केही बढ्नेछ तर रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुने योग छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेला । सामाजिक कार्यमा ध्यान जानेछ । आफन्तको साथ मिल्नुका साथै सुख विलास बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।