काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन जारी छ । २६ हजार मतदाता रहेको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनका लागि १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ ।
जसमा चार वटालाई संवेदनशील र आठ वटालाई सामान्यको सूचीमा राखेर सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ । विभिन्न दलका १५ र १ जना स्वतन्त्र गरी १६ जना उम्मेदवार रहेका छन् ।
विं.सं. २०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।