काठमाडौं। स्थानीय तह उपनिर्वाचनअन्तर्गत ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो । ४१ पदका लागि ३७६ उमेदवार प्रतिस्पर्धामा छन् ।
काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।