बंगलादेशविरुद्ध १४२ रनमा समेटियो नेपाल-Sutra News

बंगलादेशविरुद्ध १४२ रनमा समेटियो नेपाल

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ । युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटिएको हो ।



नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उनले ७७ बल खेल्दै उक्त रन बनाएका हुन् । यस्तै, अभिशेक तिवारी र उत्तम मगरले समान २९ २९ रन बनाए ।

बंगलादेशका लागि अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए । साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट