जय शाहले सम्हाले क्रिकेटको सर्वोच्च निकाय आईसीसी अध्यक्ष पद-Sutra News

जय शाहले सम्हाले क्रिकेटको सर्वोच्च निकाय आईसीसी अध्यक्ष पद

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीको अध्यक्ष पद भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले सम्हालेका छन् । उनको कार्यकाल मंसिर १ गतेबाट सुरु भएको हो ।



ग्रेग बार्कलेको स्थानमा आएका ३५ वर्षीय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेका छन् । जय शाहले भने, “मलाई आईसीसीको अध्यक्षमा निर्वाचित गरेकोमा सबैलाई धन्यवाद, म क्रिकेटलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न काम गरिरहने छु, वर्तमानमा क्रिकेटका विभिन्न ढाँचाहरूलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण छ, म नयाँ प्रविधि ल्याउने प्रयास गर्ने छु, खेलसँगै म विश्वकप जस्ता कार्यक्रमलाई विश्व बजारमा लैजाने छु ।”

शाहभन्दा अगाडि चार जना भारतीय नागरिकले आईसीसी प्रमुखको पद सम्हालिसकेका छन् । जगमोहन डालमिया १९९७ देखि २००० सम्म, शरद पवार २०१० देखि २०१२ सम्म, एन श्रीनिवासन २०१४ देखि २०१५ र शशांक मनोहर २०१५ देखि २०२० सम्म आईसीसी प्रमुख थिए ।

शाहले ३६ वर्षको उमेरमा डिसेम्बर १ मा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उनी आईसीसीको १६ औँ अध्यक्ष हुन् । यसअघि १५ अध्यक्ष ५५ वर्षभन्दा माथिका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट