पुटिनले गरे संघीय बजेट अनुमोदन, रक्षा बजेट कति ?-Sutra News

पुटिनले गरे संघीय बजेट अनुमोदन, रक्षा बजेट कति ?

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१
FILES-UKRAINE-RUSSIA-CONFLICT-US-ARMS-PATRIOT

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि संघीय बजेट अनुमोदन गरेका छन् । उनले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गरेका छन् ।



सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । जसबाट देशको कूल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत घाटा हुनेछ ।

रुसको कूल गार्हस्थ्य उत्पादन सन् २०२५ मा २.०२ ट्रिलियन डलर, २०२६ मा २.१७ ट्रिलियन डलर र २०२७ मा २.३३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

सन् २०२५ मा मुद्रास्फीति ४.५ प्रतिशत र त्यसपछिका वर्षमा चार प्रतिशतभन्दा तल रहने अनुमान गरिएको छ । बजेटमा रूसले पूर्वाधार विकास गर्ने सामाजिक नीतिका लागि कूल १९७.३ अर्ब डलर, रक्षा र कानून प्रवर्तन गर्न १३१.५ अर्ब डलर र अर्को तीन वर्षमा राष्ट्रिय आर्थिक विकासको लागि १३१.५ अर्ब छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट