काठमाडौं। चीन भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूसँगै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका सन्दर्भमा थप छलफल हुने बताइएको छ। चीन भ्रमणले नेपाल(चीन सम्बन्धलाई थप सुदृढ बनाउनका साथै आर्थिक सहयोग र परियोजनाका विषयमा सहकार्यको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
बैठकको प्रमुख एजेन्डामा प्रधानमन्त्रीको भ्रमण तयारी, आपसी सम्झौताहरूको तर्जुमा र भ्रमणका सम्भावित प्राथमिकताहरू समेटिएको प्रशासन स्रोतले जानकारी दिएको छ।