उपनिर्वाचनको मतदान सकियो, मत गणनाको तयारी हुँदै-Sutra News

उपनिर्वाचनको मतदान सकियो, मत गणनाको तयारी हुँदै

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।



जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदका लागि उपनिर्वाचन भएको थियो ।

जसमध्ये तीन पदमा निर्विरोध निर्वाचित भएका थिए । योसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध भएका हुन् ।

यस्तै, रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका थिए । बाँकी स्थानमा मतदान सम्पन्न भएसँगै मत गणना सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट