अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?-Sutra News

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौं। बजारमा अण्डाको मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएकाे छ ।



बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४० रूपैयाँ, ठूलो चार सय ५५ रूपैयाँ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।

यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट