काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । चीनको औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्ने छ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणका लागि जाँदै छन् ।
प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी दिएका थिए ।