काठमाडौँ । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको झिनो लक्ष्य पेश गरेको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गर्दै पाँच विकेट लिए । उनी एनपीएलमा एकै खेलमा सर्वाधिक विकेट लिने पहिलो बलर बने ।
तनविरले चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट लिएका हुन् । जसका कारण काठमान्डुका ब्याटरले संघर्षमा व्यस्त भएका थिए ।
काठमाडन्डुको कप्तानी करण केसी र चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।