काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो दिन प्रतितोला चार सयले घटेको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन स्थानीय बजारमा सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको हो ।