उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन ।
सोमबार रातीदेखि रोकिएको मत गणना अहिलेसम्म शुरु हुन नसकेको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताएका हुन् । सोमबार राती १ बजेसम्म ५०० मतगणना हुदा २२० मत बदर भएपछि विवाद उत्पन्न भएको थियो । बदर मत अत्यधिक भएकोबारे बसेको सर्वदलीय बैठक निष्कर्षविहीन सकियो ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् । तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।