काठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका हुन् ।
बानियाँले कूल एक हजार १५५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत पाइन ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत पाए ।