एनपीएलमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित-Sutra News

एनपीएलमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित

सोमबार, १७ मंसिर २०८१

सोमबार, १७ मंसिर २०८१

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ रन जोडे । यस्तै, हसन इसाखिलले १२ रन जोडेका छन् ।

काठमाडौंका शाहब आलमले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे ।

चितवनका सोहेल तानबिरले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट