पुथा उत्तरगंगामा एमाले-काँग्रेसको गठबन्धन तोड्दै माओवादीको अग्रता-Sutra News

पुथा उत्तरगंगामा एमाले-काँग्रेसको गठबन्धन तोड्दै माओवादीको अग्रता

सोमबार, १७ मंसिर २०८१

सोमबार, १७ मंसिर २०८१

काठमाडौं । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।



माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् । काँग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन् ।

यो पालिकामा एमाले-काँग्रेसको गठबन्धन छ । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट