अन्तिम दुई ओभरमा ४३ रन बन्यो, कर्णालीले दियो १४२ रनको लक्ष्य-Sutra News

अन्तिम दुई ओभरमा ४३ रन बन्यो, कर्णालीले दियो १४२ रनको लक्ष्य

सोमबार, १७ मंसिर २०८१

सोमबार, १७ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य पेश गरेको छ ।



त्रिवि क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको हो ।

कठिन अवस्थमा रहेको कर्णालीका लागि कप्तान सोमपाल कामी, अर्जुन घर्ती र गुल्सन झाले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे ।

अर्जुनले २२ बलमा ३३ रन बनाउँदा गुल्सनले ३६ रनको योगदान दिए । पछिल्लो दुई ओभरमा कर्णालीले ४३ रन जोड्दै बलियो लक्ष्य पेश गरेको हो ।

कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट