कांग्रेसले नै जित्यो कीर्तिपुरको मेयर-Sutra News

कांग्रेसले नै जित्यो कीर्तिपुरको मेयर

सोमबार, १७ मंसिर २०८१

सोमबार, १७ मंसिर २०८१

काठमाडौं । कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल नै विजयी भएका छन् । उनले ५ हजार ३३४ मत पाएर जित हासिल गरेका हुन् ।



उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४ हजार ५५५ मत पाए । महर्जनले पाएको मत डंगोलले पाएको मतभन्दा ७७९ ले कम हो ।

कीर्तिपुरको अन्तिम नतिजामा नेकपा (एमाले)का सुरेन्द्र मानन्धर भने तेस्रो बने । मानन्धरले ४हजार ३३७ मत पाए ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १ हजार ३१४ मत र दिनेशकुमार अधिकारीले १ हजार ४८ मत पाएका हुन्।

२०७९ मा भएको निर्वाचनमा कीर्तिपुरको मेयर पदमा कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए। यद्यपि, यसपटक कांग्रेसको निकै मत खस्कियो । डंगोलले निकै सकससहित हात पारे ।

सँगै कीर्तिपुरमा नेकपा (एमाले)ले आफ्नो हैसियत गुमायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट