काठमाडाैं । लगातार दुई दिनकाे गिरावटपछि साताकाे तेस्राे काराेबार दिन (मंगलबार) सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार र सोमबार घटेको सुनचाँदीकाे मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेकाे छ। मूल्य बढेसँगै मंगलबार स्थानीय बजारमा सुन ताेलाकाे मूल्य प्रतिताेला एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि साेमबार सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ थियो।
सुनकाे मूल्य बढिरहँदा मंगलबार चाँदीकाे मूल्य पनि बढेकाे छ । मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको हाे ।
मूल्य बढेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ। यसअघि साेमबार चाँदीको मूल्य तोलाको एक हजार ८ सय १५ रुपैयाँ थियो।