अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य-Sutra News

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं। युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो ।



अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट