एन्टिबायोटिक सेवन गर्नेहरूमा मस्तिष्क रोगको जोखिम दोब्बर !-Sutra News

एन्टिबायोटिक सेवन गर्नेहरूमा मस्तिष्क रोगको जोखिम दोब्बर !

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

एन्टिबायोटिकहरू ब्याक्टेरियल संक्रमण हटाउन र रोक्न प्रयोग गरिन्छ। तर हालै यसको गम्भीर साइड इफेक्ट बाहिर आएको छ ।



दक्षिण कोरियाको सियोल नेसनल युनिभर्सिटी अस्पतालका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनले एन्टिबायोटिकको लामो समयसम्म प्रयोगले पार्किन्सन्स रोगको जोखिम बढाउन सक्ने देखाएको हाे ।

अध्ययनमा ४० वर्षमाथिका २ लाख ९८ हजार ३७९ व्यक्तिहरू समावेश थिए। यो अध्ययन न्यूरोलोजी क्लिनिकल अभ्यास जर्नलमा प्रकाशित भएको छ।

एन्टिबायोटिकको सेवन कति हानिकारक ?

अध्ययनको नतिजा अनुसार १२१ दिनभन्दा बढी समयसम्म एन्टिबायोटिक सेवन गर्ने व्यक्तिमा पार्किन्सन रोगको खतरा २९ प्रतिशत बढी थियो भने एन्टिबायोटिकको बारेमा पूर्णतया अनजान भएका व्यक्तिमा सामान्य जोखिम थियो ।

यस बाहेक अन्वेषकहरूले १ देखि १४ दिनसम्म एन्टिबायोटिक प्रयोग गर्नेहरूको तुलनामा १२१ दिन वा सोभन्दा बढी समयसम्म एन्टिबायोटिक प्रयोग गर्नेहरूमा पार्किन्सन रोगको जोखिम ३७ प्रतिशत बढी रहेको पत्ता लगाए ।

पार्किन्सन रोगमा के हुन्छ ?

पार्किन्सन रोग एक न्यूरोलोजिकल विकार हो, जुन समयसँगै बिग्रन्छ । जसले शरीरको चालमा असर गर्छ। यसमा हातमा कम्पन, मांसपेशी कठोरता र सन्तुलन समस्याहरू समावेश छन्।

यो रोग मुख्यतया मस्तिष्कमा डोपामाइन नामक रसायनको कमीले हुन्छ, जसले मांसपेशीको चाललाई नियन्त्रण गर्छ।

पेट र मस्तिष्क जडान

इन्द्रप्रस्थ अपोलो हस्पिटल, हैदराबादका न्यूरोलोजिस्ट डा. सुधीर कुमारले पार्किन्सन्स रोगसँग सम्बन्धित एउटा महत्त्वपूर्ण कारकको रूपमा पेटको माइक्रोबायोटालाई उद्धृत गर्दै सामाजिक सञ्जाल एक्समा एक पोस्टमा अध्ययनको व्याख्या गरेका छन् ।

‘एन्टिबायोटिकको प्रयोगले पेटको माइक्रोबायोटामा परिवर्तन ल्याउन सक्छ, र यी परिवर्तनहरू धेरै वर्षसम्म रहन सक्छन्’, उनले भने, ‘एन्टिबायोटिकको लामो समयसम्म प्रयोगले मस्तिष्कमा न्यूरोटोक्सिक प्रभाव पार्न सक्छ, जसले पार्किन्सन हुन सक्छ जस्ता रोगको जोखिम बढाउँछ ।’

विशेषज्ञकाे राय

डा कुमारले एन्टिबायोटिकको लामो समयसम्म प्रयोगले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्ने भएकाले धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने सल्लाह दिए । जि न्यूजबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट