काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा पुरा गरेको हो।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाउंदा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे । नरेन र हेमन्तको संयमित ब्याटिङले नेपालले जीत दर्ता गराएको हो । ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले उकासेका थिए । उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।
बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३.३ लिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।