एनपिएल क्रिकेट- कर्णालीको तीन विकेट पतन, मैदानमा धवन र गुल्सन-Sutra News

एनपिएल क्रिकेट- कर्णालीको तीन विकेट पतन, मैदानमा धवन र गुल्सन

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।



कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए ।

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो ।

खेलमा कर्णाली याक्सले तीन विकेट गुमाएको छ । अहिले क्रिजमा शेखर धवन र गुल्सन झा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट