प्रिसेसनमा उत्साहित नेप्से : १९ अंकले परिसूचक बढ्दा ७० कम्पनीको मूल्यमा बृद्धि-Sutra News

प्रिसेसनमा उत्साहित नेप्से : १९ अंकले परिसूचक बढ्दा ७० कम्पनीको मूल्यमा बृद्धि

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) १९.७२ अंकले बढेको छ । प्रिसेसनमा १९.७२ अंकले बढ्दै नेप्से २७९५.५७ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा सूचकसँगै कारोबार पनि यसअघिको दिनको तुलनामा उच्च रह्यो । २१ हजार ५९१ कित्ता सेयर किनबेच हुँदा १ करोड १४ हजार रुपैयाँमाथिको भयो ।

विशेषगरी यो सेसनमा बैंक, विकास बैंक, जलविद्युत र लघुवित्त क्षेत्रका कम्पनीको किनबेच उच्च रह्यो । यो सेसनमा कारोबारमा आएका ९७ कम्पनीमध्ये ७० को मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको स्थिर रह्यो ।

यसअघि मंगलबार नेप्से १७.८० अंकले बढ्दै २७७५.८५ को बिन्दुमा उक्लिएको थियो । यद्यपि, समग्रमा नेप्से परिसूचक बढेपनि अधिकांश स्क्रीप्टको भने मूल्य घट्यो । सँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घट्यो ।

यद्यपि, बुधबारको प्रिसेसनले भने सेयर बजारमा उत्साहको संकेत गरेको छ । उच्च अंकले परिसूचक बढ्दै गर्दा कारोबार रकममा भएको बृद्धिले बजार २८ सयको बिन्दुमा उक्लिने सम्भावनालाई दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट