प्रहरी र रास्वपाका कार्यकर्ताबीच झडप-Sutra News

प्रहरी र रास्वपाका कार्यकर्ताबीच झडप

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । चितवनमा प्रहरी र प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गर्दा झडप भएको हो ।



चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुई पक्षीय भिडन्त भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

प्रहरी कार्यालय नजिकैको सरकारी वकिल कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको बयान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट