काठमाडौँ । काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गराएको छ । सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै काठमाण्डुले जित दर्ता गरेको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले तीन बल अगावै सात विकेट गुमाएर पूरा गरेको हो । काठमाण्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए ।
यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।
यसअघि चर्चित भारतीय क्रिकेटर शिखर धवनले अर्धशतकमा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनाएको हो ।
धवनले ५१ बल खेल्दै चार चौका र पाँच छक्का प्रहार गरे । उनले अविजित ७२ रन बनाए ।
मक्सुदले ११ बल खेल्दै एक चौका हान्दै १४ रन जोडे । चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा २ रन र अर्जुन घर्ती ४ रनमा आउट भए । ओपनर देव खनाल विना रन आउट भए ।
बलिङमा काठमाडौँका जेरार्ड एरासमसले दुई विकेट लिँदा करण केसी, नाथन सोटर र दिपेश कँडेलले एक–एक विकेट लिएका थिए ।