काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लामो समयपछि संवैधानिक इजलास गठन गरेका छन् । प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा उनको मुद्दा तोकिएको छ। संवैधानिक इजलासमा आज १६ थान मुद्दा पेसीमा रहेको छ।
यसमध्ये अधिवक्ता वसन्त जोशीको हेर्दाहेर्दैमा रहेको छ । यसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको हो । यो निर्वाचनको समयमा कसुर लिएका र निर्वाचित भएको भनी नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी विरुद्धको रिट हो । सो रिटमा उनले निर्वाचनको समयमा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैद समेत नबसेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ।
उनी यही विवादमा २०७९ माघमा पुनः पक्राउ पनि परे । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले कारागार चलान गरेको थियो । आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेको फैसला कार्यान्वयन बाँकी रहेको देखिएपछि उनलाई बाँकेबाट पक्राउ गरिएको थियो ।
उनलाई ट्याक्टर आगजनीको मुद्दामा२०७० सालमा दोषी ठहर गरेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए ।