काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।