जनकपुरमा माछा, मासुसँगै मदिरा बेच्न बन्द-Sutra News

जनकपुरमा माछा, मासुसँगै मदिरा बेच्न बन्द

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगर क्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।



जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुर नगर क्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्नरनगराउन आदेश जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्री वितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न र नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २२ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट