काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले कीर्तिमानी रन बनाएको छ । योसँगै विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रन बनाएको हो । जारी प्रतियोगितामा यो सर्वाधिक ठूलो लक्ष्य हो ।
यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगरलाई १८२ रनको लक्ष्य दिएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
विराटनगरले खराब बलिङ गर्दा २९ रन अतिरिक्त दिएको थियो । जसमा १४ वाइड थिए ।