काठमाडौं । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएसँगै नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् ।
उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् । स्रोतका अनुसार उनी तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उनी चीनका लागि उडिसकेपछि मात्र बाहिर जानकारीमा आएको बताइएको छ ।
चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए ।
गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइ पुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन ।