कर्णालीका तीन जिल्लामा हवाई उडान सुरू-Sutra News

कर्णालीका तीन जिल्लामा हवाई उडान सुरू

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौं । तारा एयरलाइन्सले सुर्खेतबाट हुम्ला,मुगु र जुम्लामा उडान सुरू गरेको छ । तारा एयरले लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट उडान सुरु गरेको हो।



हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित भएका छन् ।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन्।

सुवेदीका अनुसार सुर्खेत(सिमिकोट ८ हजार, सुर्खेत (रारा ६ हजार ५ सय र सुर्खेत(जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट