कम बच्चा जन्मिएपछि टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा तीन दिन बिदाको प्रस्ताव-Sutra News

कम बच्चा जन्मिएपछि टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा तीन दिन बिदाको प्रस्ताव

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । टोकियोका गभर्नरले राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीलाई हप्तामा चार दिन मात्रै काम गर्ने प्रस्ताव गरेका छन् ।



जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त संकटकालीन अवस्था’को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नु पर्छ । छोराछोरी हुर्काउनु पर्छ । आफन्तहरूको हेरचाह गर्नु पर्छ भन्ने अपेक्षाका कारण बच्चा कम जन्मिदै गएको छ ।

आमाबाबुका लागि काम र जीवनको सन्तुलनलाई सजिलो बनाउन, गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीलाई अप्रिलबाट सुरु हुने नयाँ आर्थिक वर्षमा एक हप्तामा चार दिन काम गर्ने विकल्प प्रस्तुत गर्न चाहेका हुन् ।

उनको प्रशासनले अर्को वर्ष टोकियो विधानसभामा लचिलो कार्य घण्टाको मस्यौदा प्रस्ताव पेश गर्ने योजना बनाएको छ । “महिला सशक्तीकरणमा पछि पर्नु जापानको लामो समयदेखिको मुद्दा हो, र यथास्थितिमाथि विजय प्राप्त गर्नु र समाजलाई थप विविधतापूर्ण र समृद्ध बनाउनु हाम्रो उज्ज्वल भविष्यका लागि महत्वपूर्ण छ,” उनले भने ।

टोकियो महानगर प्रशासनअन्तर्गत सरकारी कर्मचारी मामिला हेर्ने अधिकारी सची इकेगामीले बुधबार एएफपीसँगको कुराकानीमा भने, “यो योजनाअन्तर्गत सिफ्टमा काम गर्ने कर्मचारीबाहेक सरकारी कर्मचारीले हप्तामा तीन दिनबिदा लिन सक्नेछन्, साथै उनीहरूले प्रति महिना थप १५५ घण्टा बिदा लिनु पर्नेछ ।’

साना बच्चा हुर्काउने कर्मचारीलाई पनि थप लचिलो घण्टाको प्रस्ताव गरिने छ । कामको दिन दुई घण्टासम्म छोट्याइने छ ।

पछिल्लो समय, धेरै विकसित देशहरू कम जन्मदरको समस्यासँग संघर्ष गरिरहेका छन् । यो समस्या विशेष गरी जापानमा गम्भीर छ । जापानको जनसंख्या लगातार १५ वर्षदेखि घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट