रवि लामिछानेको पक्षमा आन्दोलन हुँदा प्रहरीसहित २४ जना घाइते-Sutra News

रवि लामिछानेको पक्षमा आन्दोलन हुँदा प्रहरीसहित २४ जना घाइते

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आठ प्रहरी जना घाइते भएका छन् ।



रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । उनले साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले बयानका लागि मंगलबार काठमाडौँबाट चितवन ल्याएको हो ।

साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट